
काठमाडौं, ७ चैत । फिनल्याण्ड विश्वकै सबैभन्दा खुसी मुलुक बन्न सफल भएको छ ।
फिनल्याण्डले यसअघिको आफ्नो सर्वोच्चता कायम राख्न सफल भएको हो । फिनल्याण्ड सात वर्षदेखि लगातार सबैभन्दा खुसी मुलुक बन्न सफल भइरहेको छ ।
यस्तै, दोस्रोमा डेनमार्क, तेस्रोमा, आइसल्याण्ड, चौथोमा स्वीडेन, पाचौँमा इजरायल, छैठौँमा नेदरल्याण्ड्स, सातौँमा नर्वे, आठौंमा लक्जम्वर्ग, नवौंमा स्विट्जरल्याण्ड र दशौँ नम्बरमा अष्ट्रेलिया रहेको छ ।
१४३ मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा रहेको छ । नेपाल ९३औँ स्थानमा छ । यस्तै, भारत नेपाल भन्दा पछाडि रहेको छ । भारत १२६ औँ स्थानमा छ ।
यस्तै, चीन भने नेपालभन्दा अगाडि छ । चीन ६० औँ स्थानमा रहन सफल भएको छ ।








प्रतिक्रिया