
काठमाडौं, ६ चैत । गायिका कविता खत्रीको नयाँ लोकदोहोरी गीत ‘देउ न त्यो मन’ बजारमा आएको छ ।
गायिका कविता र खेम सन्चुरीको स्वर रहेको गीत विक्रमबाबु विश्वकर्माले लेख्नुभएको हो । गीतको भिडिओमा मोडल तथा अभिनेता पुष्प खड्का र कविता नेपालीको अभिनय रहेको छ ।
माया प्रेमका कुरा समेटिएको गीतलाई नन्दु परियारले संगीत दिनुभएको छ । अशोक विकले क्रोरियोग्राफी तथा निर्देशन गरेको भिडिओलाई छायांकार अजय रेग्मीले खिच्नुभएको हो भने भिडिओको सम्पादन मिल विश्वकर्माले गर्नुभएको छ ।
दुईदिनअघि सार्वजनिक कविताको गीतको भिडिओलाई दर्शक श्रोताले मन पराएका छन् । कविताको आफ्नै अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको गीतले हालसम्म १ लाख ६४ हजार भन्दा बढी भ्यूज पाएको छ ।
गीत संगीतमा निरन्तरता दिँदै आउनुभएकी कविता २०७५ सालमा ओखलढुंगाबाट काठमाडौं आउनुभएको थियो ।
गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको बताउँनुहुँदै कविताले आगामी दिनमा पनि गीत संगीतलाई निरन्तरता दिने बताउनुभयो ।









प्रतिक्रिया