४ श्रावण २०८३, सोमबार

मह जोडीलाई आदर्श नागरिक सम्मानबाट पुरस्कृत गरिने

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ६ चैत । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)लाई पुरस्कृत गर्ने भएको छ ।

झापामा स्थापित प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई पुरस्कृत गर्ने भएको हो । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतका अनुसार पुरस्कार बुधबार आयोजना हुने विशेष कार्यक्रमका बीच कलाकार जोडीलाई प्रदान गरिने छ ।

अध्यक्ष बस्नेतले पिता टुङ्गबहादुर बस्नेत र आमा पूर्णकुमारीको स्मृतिमा पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको थियो ।

कार्यक्रम नेपाली मूलका भारतीय नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना गरिने जनाइएको छ ।