१८ असार २०८३, बिहिबार

बारम्बार लडेपछि अमेरिकी राष्ट्रपति बाइडेनका लागि बनाइयो विशेष जुत्ता

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिंगटन डिसी, ६ चैत । ८१ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अहिलेसम्म उहाँ तीन पटक लड्नुभएको र हरेक पटक क्यामेराको नजर उहाँमाथि नै थियो ।

‘फक्स न्यूज’को रिपोर्टका अनुसार राष्ट्रपतिका लागि बारम्बार खस्ने जोखिम कम गर्न नयाँ प्रकारको जुत्ता डिजाइन गरिएको छ । नेपाली मुद्रा अनुसार यो जुत्ताको मूल्य करिब २० हजार रुपैयाँ पर्छ ।

राष्ट्रपति बाइडेनको नयाँ जुत्ता गत महिना पहिलो पटक चर्चामा आएको थियो । तर, त्यतिबेला धेरै जानकारी खुल्न सकेको थिएन् ।

समाचार अनुसार वाइडनको नयाँ जुत्ताले नयाँ बहसलाई जन्म दिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै नेताहरूले बाइडेनको शारीरिक र मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठाइरहनुभएको छ । धेरैले बाइडेन मानसिक र शारीरिक रूपमा फिट नभएको बताएका छन् ।

ट्रम्पले गत नोभेम्बरमा एक र्‍यालीमा स्पष्ट रूपमा भन्नुभएको थियो कि बाइडेनको अवस्था त्यस्तो छैन कि उहाँले अमेरिका जस्तो शक्तिशाली देशको नेतृत्व गर्न सक्नुहुनछ । यसको जवाफमा बाइडेनले भन्नुभएको थियो, ‘मेरो कामबाट मलाई न्याय गर्नुपर्छ ।’

समाचार अनुसार आरएनसी रिसर्च एजेन्सीले केही दिनअघि बाइडेनका नयाँ जुत्ताका विशेषताहरूको विश्लेषण गरेको थियो । एजेन्सीले यी लाइफस्टाइल जुत्ता होका ब्राण्डले उत्पादन गरेको बताएको थियो ।

यसका साथै नयाँ जुत्तामा राष्ट्रपतिलाई अधिकतम सहयोग र हिँडडुल गर्न सहज हुने ‘इनसाइड एडिसन’ राखिएको समाचारमा जनाइएको छ । यस बाहेक यी नयाँ जुत्ताहरूले बाइडेनको सन्तुलन पनि कायम राख्नेछन्, जसले गर्दा राष्ट्रपतिलाई हिँड्दा लडने जोखिम कम हुनेछ ।

एक रिपोर्टका अनुसार बाइडेनका लागि तयार पारिएको जुत्तालाई होका ट्रान्सपोर्ट भनिन्छ । बाइडेन धेरै पटक लड्नुभएको छ, त्यसैले यी जुत्ताको एकमात्र चौडा र राम्रो पकडको साथ राखिएको छ । यो लगाएर हिँड्दा उहाँ धेरै सहज महसुस गर्नुहुन्छ ।

अमेरिकन पोडियाट्रिक एसोसिएसनले पनि यो जुत्ता खुट्टाको लागि धेरै सहज भएको कुरामा सहमत भएको छ । यो महत्त्वपूर्ण हुन्छ किनभने गत महिना भर्खरै एक मेडिकल रिपोर्टले बाइडेनको खुट्टामा समस्या भएको र उहाँका केही स्नायुहरू कमजोर भएको बताएको छ ।

गत महिना बाइडेन एयर फोर्स वनको सिँढीमा दुईपटक ठोक्किनुभएको थियो । यसअघि २०२१ मा उहाँ सिँढीबाट खस्नुभएको थियो । इन्डोनेसियाको बालीमा भएको जी–२० बैठकमा पनि उहाँ चिप्लिनुभयो । यसबाहेक उहाँ पनि लड्नुभएको छ । यो उहाँको निजी कर्मचारीको लागि चिन्ताको विषय रहदैँ आएको थियो तर नयाँ जुत्ताले उहाँ लड्ने जोखिम भने कम गरेको छ ।