
काठमाडौं, ५ चैत । भ्लादिमिर पुटिन पुन: रुसको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
पुटिन छैठौं पटक रूसको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले झण्डै ८८ प्रतिशत मत पाउनुभएको छ ।
पुटिनले ८७ दशमलव ८ प्रतिशत भोट जित्नुभएको हो । जुन रुसको सोभियत संघको इतिहासमा अहिलेसम्मकै उच्च परिणाम हो। तर, अमेरिकालगायत पश्चिमा मुलुकले रुसी मतदान स्वतन्त्र र निष्पक्ष नभएको आरोप लगाएका छन् ।
पूर्वलेफ्टिनेन्ट कर्णेल पुटिन सन् १९९९ मा पहिलोपटक सत्तामा आउनुभएको थियो ।








प्रतिक्रिया