२३ असार २०८३, मंगलबार

इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्ध हुन्छ’

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोम, ५ चैत । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ ।

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भन्नुभयो, ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ । यदि यस्तो भयो भने यो ठूलो गल्ती हुनेछ । हामीले युक्रेनलाई यति धेरै सहयोग गर्नुपर्छ कि उसले आफूलाई बचाउन सक्छ ।’

उहाँका अनुसार युक्रेनमा प्रवेश गरी रुससँग लड्नु भनेको तेस्रो विश्वयुद्धलाई निम्तो दिनु हो । इटालीका विदेशमन्त्रीको यो टिप्पणी फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना पठाउने कुरा गरिरहेको बेला आएको हो । ताजानीले पनि हाम्रो सेनाले जे गरिरहेको छ त्यो राम्रो भएको बताउनुभयो । उहाँले लाल सागरमा जहाजहरू बचाउँदै गरेको र युक्रेनमा सेना पठाउन स्पष्ट रूपमा अस्वीकार गर्नुभयो ।

गत महिना फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना अवतरण गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको थियो । उहाँले गत शुक्रबार पनि यही कुरा दोहोर्‍याउनुभएको छ । ‘म यो पनि होस् भन्ने चाहन्न । म यो पहल गर्दिन तर हामीले युक्रेनमा जमिनमा कारबाही गर्न आवश्यक छ, जुनसुकै भए पनि रुसी सेनालाई धपाउन ।’ उहाँले फ्रान्सेली अखबार ला पेरिसियनलाई भन्नुभएको छ ।

उहाँले भन्नुभएको थियो कि फ्रान्ससँग युद्धमा जान सक्ने शक्ति छ, त्यो गर्न सक्छ । सोही सिलसिलामा शुक्रबार म्याक्रोनले जर्मनी र पोल्याण्डका नेताहरूलाई पनि भेट्नुभएको थियो । यसपछि उहाँले भन्नुभएको थियो कि, ‘हामी तीनैले रुसलाई कहिल्यै जित्न दिने छैनौं । हामी अन्तिमसम्म युक्रेनका जनताको साथमा छौँ ।’