२६ जेष्ठ २०८३, मंगलबार

अष्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन् समलिंगी विवाह

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी, ५ चैत । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ यो देशको पहिलो लेस्बियन (समलिंगी) महिला सांसद हुनुहुन्छ ।  आइतबार वोङले घोषणा गर्नुभयो कि उहाँले आफ्नो पार्टनर सोफी अलौचेसँग विवाह गर्नुभएको छ ।

वास्तवमा, अष्ट्रेलियाली विदेश मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा आफ्नो र उहाँको साथी अलौचेको विवाहको पोशाकमा र फूलको गुच्छा बोकेको तस्वीर साझा गर्नुभएको छ । जसमा उहाँले लेख्नुभएको छ, ‘हामी खुसी छौं कि हाम्रो परिवार र साथीहरूले यो विशेष दिन हामीसँग बाँड्न पाएका छन् ।’

उहाँहरुले समलिंगी विवाहलाई कानुनी मान्यता दिन निकै संघर्ष गर्नु परेकोले यो खुसी बढेको हो । त्यसपछि सन् २०१७ मा अष्ट्रेलियामा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको थियो ।

सन् १९९७ सम्म सबै राज्यमा समलैंगिकतालाई अपराधको दर्जा दिइएको थिएन ।

द सिड्नी मर्निङ हेराल्डको रिपोर्टका अनुसार वोङ र अल्लोचे झण्डै दुई दशकदेखिसँगै रहदैँ आउनुभएको थियो ।

दुवैले शनिबार एडिलेडमा विवाह गर्नुभएको हो । यस विवाहमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र धेरै अष्ट्रेलिया सरकारका मन्त्रीहरू पनि उपस्थित हुनुहुन्थो ।

 कार्यक्रममा दम्पतीकी ११ वर्षकी छोरी एलेक्जेन्ड्रा र ८ वर्षकी हन्ना पनि कार्यक्रममा उपस्थित हुनुहुन्थो । हामी तपाईलाई बताउँछौं कि वोङ र उहाँकी पार्टनरले यी छोरीहरूलाई आइभीएफ मार्फत जन्माउनुभएको हो ।

वोङले २०१७ मा अष्ट्रेलियामा समलिङ्गी विवाहलाई वैधानिक बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

सन् २००२ मा राजनीतिमा प्रवेश गरेकी पेनी वोङले भर्खरै सबैभन्दा लामो समयसम्म महिला क्याबिनेट मन्त्री बन्ने कीर्तिमान बनाउनुभएको छ ।

वोङका बुबा मलेसियाली हुनुहुन्थो भने उहाँकी आमा अष्ट्रेलियाबाट आउनुभएको थियो । उहाँ सन् १९७६ मा अष्ट्रेलिया आउनुभएको थियो । त्यतिबेला वोङ जम्मा ८ वर्षको हुनुहुन्थो ।