२४ असार २०८३, बुधबार

‘मनको माया’मा गरिमा र राजको रोमान्स (भिडिओसहित)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । पुनम मोथेको प्रस्तुति रहेको ‘मनको माया’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा पुनम मोथेको शब्द, अर्जुन पोखरेलको संगीत एवम् गायिका रचना रिमालको स्वर रहेको छ ।

सार्वजनिक गीतको भिडिओमा मोडल गरिमा शर्मा र नायक एवम् निर्देशक राजकुमार दर्जी अर्थात एभरेस्ट राजको अभिनय देख्न सकिन्छ ।

गीतको भिडिओलाई निर्देशक राजकुमारले निर्देशन एवम् सम्पादन गर्नुभएको छ । भिडिओमा बुद्ध थापाको छायांकन र रोमा लामाको नृत्य निर्देशन रहेको छ ।

अमेरिका बस्दै आएकी यस गीतकी सर्जक पुनम मोथेले नेपाली गीत संगीतलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो गीत सिर्जनालाई निरन्तरता दिँदै आउनुभएको छ ।

सार्वजनिक ‘मनको माया’बोलको गीतको शब्द, संगीत जतिकै बलियो भिडिओ पनि छ । गीतलाई पुनम मोथेको अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।