५ असार २०८३, शुक्रबार

पर्सामा अश्लिल भिडियो बनाएको आरोपमा एक जना पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रर्दशनमा उत्रिएका स्थानीय युवाहरू

वीरगञ्ज, ४ चैत । पर्साको छिपहरमाई गाउँपालिकामा अश्लिल भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी सज्जाद अहमद रहेका छन् ।

स्थानीयहरूले अहमदले गाउँपलिका क्षेत्र भित्रका सयौको संख्यामा स्कुल पढ्ने बालिकादेखि गाउँका महिलाहरूको अश्लिल भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हन् ।

प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइव बरामद गरेको छ । वैदेशिक रोजगारमा रहेका अहम्मद नेपाल फर्किएपछि यस्तो गतिविधिमा लागेको स्थानीयको आरोप छ।

दोषीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने भन्दै स्थानीय युवाहरूले टायर बालेर प्रर्दशन गर्नुका साथै बजार बन्द गराएका छन् । स्थितिलाई नियन्त्रणमा लिनका लागि इप्रका पोखरिया, बिओपी भिस्वाको परिचालन गरिएको छ ।