४ असार २०८३, बिहिबार

प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्तफा नियुक्त

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन हुनुभएको छ । उहाँलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नुभयो ।

प्यालेस्टाइनमा तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिनुभएको थियो । त्यसपछि मुस्तफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति अब्बासले चयन गर्नुभएको हो ।

उहाँले सन् २००५ देखि प्यालेस्टाइन प्राधिकरणको नेतृत्व गर्दै आउनुभएको छ । प्यालेस्टाइनमा राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार छ ।

समाचार एजेन्सी एएफपीका अनुसार मुस्तफाले गाजामा सन् २०१४ मा इजरायली आक्रमणपछि गाजाको पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ प्यालेस्टिनी प्राधिकरणको आर्थिक मामिलासम्बन्धी सल्लाहकार हुनुहुन्थो । उहाँ प्यालेस्टाइन इन्भेस्टमेन्ट फण्डको बोर्ड सदस्य पनि हुनुहुन्थो ।

यसबाहेक उहाँले विश्व बैंकमा उच्च पदमा पनि काम गरिसक्नुभएको छ ।