११ श्रावण २०८३, सोमबार

जापानी निजी कम्पनीको अन्तरिक्ष प्रयास असफल

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो, १ चैत । जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट विष्फोट हुन पुगेको छ । रकेट प्रक्षेपण भएको केही समयपछि नै रकेट हावामा विस्फोट हुन पुगेको छ ।

यस क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ ।

नीजि कम्पनिले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ । काइरोस बुधबार मध्य जापानको अपतटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो । तर यसको प्रक्षेपण लगत्तै यो हावामा विस्फोट भएको समाचार संस्थाहरूले जनाएका छन् ।

कैरोस विष्फोट भएको क्षेत्रमा केहीबेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो । कतिपय ठाउँमा आगलागी पनि देखिएको छ । खुसीको कुरा यो हो कि यस विष्फोटमा कसैको हताहत भएको खबर आएको छैन । यो रकेट टोकियोको स्टार्ट अप कम्पनी ‘स्पेस वन’ले प्रक्षेपण गरेको थियो । यस असफलतामा हाल कम्पनीबाट कुनै प्रतिक्रिया आएको छैन् । ‘स्पेस वन’को असफलताको भिडियो सरकारी प्रसारण च्यानल एनएचकेमा पनि देखाइएको छ ।

‘स्पेस वन’को रकेट जापानको निजी कम्पनीले पहिलो पटक प्रक्षेपण गरेको बताइएको छ । कम्पनीको लक्ष्य यसलाई अन्तरिक्षमा सफलतापूर्वक स्थापित गर्ने र आफ्नो कम्पनीलाई यस क्षेत्रमा पहिलो निजी संस्थान बनाउने थियो तर उनीहरू यसमा असफल हुन पुगेका छन् ।