११ असार २०८३, बिहिबार

आइसीसी अध्यक्ष ग्रेग बार्क नेपाल आउँदै

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष ग्रेग बार्क नेपाल आउनेहुन भएको छ । नेपाली क्रिकेटबारे बुझ्न उहाँ आगामी सोमबार नेपाल आउन लाग्नुभएको हो । चारदिने भ्रमणमा आउन लाग्नुभएका अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरुसँग पनि छलफल गर्ने कार्यतालिका छ ।

उहाँले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने तय भएको छ । उहाँले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलत हासिल गरिरहेका बेला अध्यक्ष बार्कको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानका पदाधिकारीले बताउनुभएको छ । अध्यक्ष बार्कले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि आइसीसी अध्यक्ष नेपाल आउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बार्क सन् २०२२ मा आइसीसीको नेतृत्वमा आउनुभएको हो ।

न्युजिल्याण्ड क्रिकेट बोर्डमा लामो समय काम गर्नुभएका बार्कले आइसीसीमा शशांक मनोहरको स्थान लिनुभएको थियो । व्यवसायिक पृष्ठभूमीका बार्कले आइसीसीमार्फत सदस्य राष्ट्रहरुको क्रिकेटको विकासमा चासो व्यक्त गर्दै आउनुभएको छ ।