३१ आश्विन २०८३, शनिबार

‘म मरो वडा आफै बनाउँछु’ अभियानमा एमाले

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २८ फागुन । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले ३२ दिने ‘म मरो वडा आफै बनाउँछु’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ ।

आज बसेको महानगर कमिटीको नवौं पूर्ण बैठकले यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियानअन्तर्गत संगठन सुदृढीकरण तथा शुद्धिकरण गर्दै वडाहरुको व्यवस्थापन, टोल कमिटी पुनर्गठन, जनसंगठन गठन तथा पुनर्गठन एवम् व्यवस्थापन, भेला बैठक, जनतासँग जनप्रतिनिधी र जनसरोकारका विषयमा खबरदारी लगायतका कार्यक्रमहरु सञ्चालन गरिने महानगरका अध्यक्ष सागर थापाले बताउनुभयो ।

उहाँका अनुसार एमाले महानगरले १९ वटै वडामा वैशाख मसान्तभित्र वडास्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ ।

यस्तै विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको दुई वर्षीय कार्य प्रगति विवरण लिएर जनताको बीचमा जाने समेत निर्णय भएको सचिव रोहित कोइरालाले बताउनुभयो ।

यसैबीच, एमाले महानगर कमिटीले कार्यसम्पादनलाई सहज बनाउन कार्यालय समिति गठन गरेको छ । एमाले महानगरका अध्यक्ष सागर थापा अध्यक्ष, रोहित कोइराला सचिव रहेको ११ सदस्सीय समिति गठन गरेको हो ।

बैठक तथा प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले जनताका बीचमा उत्कृष्ट कार्यक्रम र योजना लिएर जान निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब जनताले गफ हैन काम हेरेर विश्वास गर्ने हो, त्यसैले त्यसतर्फ तपाईहरुको ध्यान पुगोस् ।’ एमालेका हरेक नेता कार्यकर्ता जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले जनप्रतिनिधि र पार्टी बीचको अन्तरसम्बन्ध, एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले दशौं राष्ट्रिय महाधिवेशनका फैसलाहरु र पार्टीको आगामी कार्यदिशा, केन्द्रिय सदस्य रामलाल साहले नेता र कार्यकर्ताबीचको सम्बन्ध र हाम्रो दायीत्व, केन्द्रीय सदस्य तथा विराटनगर महानगरका इन्चार्ज हेमराज राईले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालगायत विषयमा प्रशिक्षण दिनुभएको थियो ।