२७ असार २०८३, शनिबार

गायिका एञ्जिला श्रेष्ठको ‘तिमीसँग’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । सिन्धुलीकी चर्चित गायिका एञ्जिला श्रेष्ठको ‘तिमीसँग’ बोलको गीत सार्वजनिक भएको छ।

गायिका श्रेष्ठको एकल स्वर रहेको गीत नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । प्रज्वलजंग कार्कीको ब्यानरमा निर्माण भएको गीत गायिका एञ्जिलाकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको शब्द रचना हिमान्सु रायमाझी (गोधुली) ले गर्नुभएको हो भने संगीत नेपाल आइडल पहिलो संस्करणका विजेता बुद्व लामाले गर्नुभएको छ ।

गीतको भिडियो निर्माण तथा सम्पादन ओभी फिल्मस्लले गरेको हो । भिडिओमा एञ्जिलाको एकल अभिनय रहेको छ ।