
काठमाडौं, २८ फागुन । बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका–१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेको हो । फागुन ११ गते दिउँसो १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप बोहरामाथि छ ।
गाइगोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्कीसहित जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
किशोरीका परिवारले जाहेरी दिएको केही समयमै प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार पकाउ परेका बोहरामाथि जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया