२४ असार २०८३, बुधबार

चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२४’को उपाधि

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् ।

शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् ।

क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् ।

प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।

यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए ।

भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो ।

प्रतियोगिताको होस्ट करण जोहर र फिलिपिन्सकी मिस वर्ल्ड २०१३ मेगन यङ थिए ।