
काठमाडौं, २६ फागुन । ‘भाइरल भइदियो’ बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत ‘माया माया हो’को भिडियो रिलिज गरिएको छ ।
सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानस राजकै रहेको छ । सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ नरेन्द वियोगीले गर्नुभएको हो ।
गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल गीता ढुंगानासँग गायक स्वयमले रोमान्स गर्नुभएको हो ।
आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक विष्टले कलात्मक शैलीमा भिडियोमा वर्णन गर्नुभएको छ । आफ्नी मायालुलाई प्रेम गर्नका लागि आफ्नो रुप समेत परिवर्तन गरेर प्रेमीका सामु जाने युवकको रोमाञ्चक प्रेम कथामा मोडलद्धय गीता र मानस राज गज्जबसँग खुल्नुभएको छ ।
गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरको बताउँदै गायक मानसले ‘माया माया हो’मा निकै मेहेनत गरेको जनाउनुभयो ।
गीतको छायांकन पवन शिस्लुङले गर्नुभएको हो भने सम्पादन प्रविन भट्टले गर्नुभएको हो ।
सुरेन्द्र बसेलको सहनिर्देशन रहेको भिडियोको गायक स्वयमकै अफिसियल च्यानल मानस राज अफिसियलबाट बजारमा आएको हो ।
मानस राज गायनका अलावा थिएटर अभिनयमा पनि देखिँदै आउनुभएको छ । फिल्म ‘रेशम फिलिलि’को पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, ‘डायरी’को माया मायामा,भाइरल भइदियो, हिरो, लैलै राजकुमारी लगायतका मानस राजका गीत चर्चामा छन् ।








प्रतिक्रिया