१ असार २०८३, सोमबार

फिल्म ‘दान्भी’को प्रदर्शन मिति तोकियो

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘दान्भी’ले आउँदो वर्षको जेठ १० गतेलाई प्रदर्शन मिति तोकेको छ ।

रुपेश तामाङको निर्देशन रहेको फिल्म जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदासमेत भएकाले फिल्म बिहीबारबाट नै रिलिज हुनेछ । एक्सनप्रधान यो फिल्ममा अभिनेत्री पूजा शर्मा केन्द्रिय भूमिकामा हुनुहुन्छ ।

फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गर्नुभएको छ । फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माता हुनुहुन्छ । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुनुहुन्छ ।

प्रेमकथाका फिल्ममा मात्र देखिने पूजा पहिलोपटक ‘दान्भी’ मार्फत एक्सन फिल्ममा देखिँदैहुनुहुन्छ ।