
काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले आफूलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा अस्वीकृत गरेपछि रेशम चौधरी आक्रोशित हुनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले पार्टी सिध्याउन खेल भइरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘नागरिक उन्मुक्ति पार्टी सिध्याउने खेल । हामी हरेश खान्नौँ । पटक पटक न्याय मरे पनि म मरेको छैन । चाल बुझेको थिएँ, बाघचाल हो भन्ने थाहै भएन’, उनले खेलेका छन्, ‘बाघ बूढो भएपछि बस्तीमा पस्छ रे, बस्तीमा गोरु खान पल्केका सबै बाघ बनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न ।’
निर्वाचन आयोगले रेशमलाई अध्यक्ष बनाएको पार्टीको पहिलो अधिवेशन नै अवैधानिक ठहर गरेको हो । आयोगले अधिवेशनलाई अस्वीकृत गर्दै रन्जिता श्रेष्ठको अध्यक्षताकै कार्यसमितिलाई सदर गरेको हो ।








प्रतिक्रिया