सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

इन्द्रेणीका कृष्ण कँडेल र शर्मिला श्रेष्ठबीचको विवाद टुंगियो

दैनिक नेपाल २०८० फागुन २४ गते ८:४८

काठमाडौं, २४ फागुन । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र गायिका शर्मिला श्रेष्ठबीचको विवाद टुंगिएको छ । दुवै पक्षले केहीसमयअगाडि अदालतमा हालेको मुद्दा फिर्ता लिएपछि विवाद टुंगिएको हो ।

कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै शर्मिलाले गत १४ फागुनमा कँडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुभएको थियो ।

शर्मिलाले कँडेलसँग कुनै सहमति नगरी एकतर्फीरुपमा मुद्दा फिर्ता लिनुभएको बताइएको छ ।

यसअघि कँडेलले पनि इन्द्रेणीबाट निकालिएका शर्मिलासहित पाँच कलाकारहरूले आफ्नो चरित्रहत्या गरेको भन्दै अदालतमा मानहानिको मुद्दा हाल्नुभएको थियो । शर्मिला बाहेकका चार कलाकारहरूसँग यसअघि नै उहाँले सहमति गर्नुभएको थियो ।

शर्मिलाले मुद्दा फिर्ता लिएपछि कँडेलले पनि उहाँविरुद्धको मानहानिको मुद्दा फिर्ता लिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित