सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

पूजासँग फायर समीक्षा, दिइन् ‘बहुरुपी औरत’ को संज्ञा

दैनिक नेपाल २०८० फागुन २३ गते १७:४४

काठमाडौं, २३ फागुन । गायिका समीक्षा अधिकारी अभिनेत्री पूजा शर्मासँग आक्रोशित हुनुभएको छ । उहाँले पूजाप्रति सार्वजनिक रूपमा आक्रोश व्यक्त गर्नुभएको हो ।

समीक्षाले सामाजिक सञ्जालमार्फत पूजालाई ‘बहुरूपी महिला’ को संज्ञा नै दिनुभएको छ । समीक्षाले अभिनेता पल शाहको प्रकरणमा पुजाप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

पल शाहसँग सम्बन्धन राम्रो नभएको बेला आफूसँग जोडिएको र अहिले फेरि पलकै चाकडी गरेको भन्दै समीक्षाले पूजाको कटाक्ष गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ । आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ । बहुरूपी औरत ।’

पल जेल पर्दा पूजाले निर्माण गरेको फिल्म म यस्तो गीत गाउँछु २ रिलिज भएको थियो । त्यसबेला हल–हलमा पुगेर पूजाले रुवावासी गर्नुभएको थियो । पल जेलबाट रिहा भएपछि आफूलाई मतलब नगरेको भन्दै पूजा पलसँग चिढिनुभएको थियो । त्यो बेला उहाँ समीक्षासँग नजिकिँनुभएको थियो ।

फेरि अहिले सम्बन्ध राम्रो भएपछि पूजाले पलको चाकडी गर्दै हिँडेको समीक्षाले टिप्प्णी गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित