३१ जेष्ठ २०८३, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट को-को बन्दैछन् मन्त्री ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले चारवटा मन्त्रालय पाउने टुंगो लागेसँगै मन्त्रीको पनि टुंगो लगाएको छ ।

रास्वपाले गृहमन्त्रालयसहित चारवटा मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको हो । जसअनुसार सभापति रवि लामिछानेको नेतृत्वका रास्वपा सरकारमा जाने भएको हो ।

सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुहुने भएको छ । यस्तै, डीपी अर्याल श्रम मन्त्री बन्नुहुने भएको छ । उहाँले यसअघि नै बिना विभागीय मन्त्रीको शपथ लिइसक्नुभएको छ ।

यस्तै, शिक्षामन्त्रीमा सुमना श्रेष्ठलाई पठाउने भएको छ भने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने हुनुभएको छ ।