२० असार २०८३, शनिबार

रघुवीर महासेठको नेतृत्वमा एमाले सरकारमा जाने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेकपा (एमाले) सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको छ ।

महासेठलाई उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयमा पठाउने तय भएको हो । एमालेबाट सात जना मन्त्री बन्नुहुनेछ । जसअन्तर्गत पदम गिरीले विना विभागीय मन्त्रीको शपथ लिइसक्नुभएको छ ।

गिरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने तय भएको बताइएको छ । अन्य मन्त्रीको नाम आज साँझसम्म टुंग्याइने जानकारी दिइएको छ ।

पार्टीले मन्त्रीको शपथका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएपछि सचिव महासेठ जनकपुरबाट आजै काठमाडौं आइसक्नुभएको छ ।