सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

मुकेश अम्बानीको छोराको बिहेमा रिहानाको धमकेदार प्रस्तुति, ५२ करोड भारू पारिश्रमिक

दैनिक नेपाल २०८० फागुन २२ गते १०:४७

काठमाडौं, २२ फागुन । भारतीय अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ सेलिब्रेसनको अहिले देश र विदेशमा चर्चा भइरहेको छ ।

अम्बानीले प्रि–वेडिङ सेलिब्रेसनमा हलिउडदेखि बलिउडसम्मकाका ठूला कलाकारलाई प्रस्तुति दिन बोलाएका छन् ।

१ मार्चदेखि ३ मार्चसम्म राखिएको समारोहमा अमेरिकी गायिका रिहानाले प्रस्तुति दिइसकेकी छन् । यस समारोहमा प्रस्तुति दिन रिहानाले महंगो पारिश्रमिक लिएकी छन् ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले ५२ करोड भारू पारिश्रमिक लिएकी छन् ।

रिहानाले डायमण्ड्स, व्हेयर ह्याभ यू बिन, रुड ब्वाय एन्ड पोउर इट अप जस्ता हिट गीतहरू गाएकी थिइन् र अरूलाइ पनि नचाएकी थिइन् ।

अनन्त र राधिकाको प्रि–वेडिङ समारोहको लागत करिब १ हजार करोड भारू बताइएको छ भने भोजको १६५ करोड भारू लागत छ ।

प्रतिक्रिया
सम्बन्धित