सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

अजय देवगनले ‘शैतान’बाट लिए २५ करोड भारू पारिश्रमिक, अरूले कति पाए ?

दैनिक नेपाल २०८० फागुन २२ गते ९:१८

मुम्बई, २२ फागुन । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा हुनुहुन्छ । यो फिल्म छिट्टै हलमा रिलिज हुँदैछ ।

फिल्मको ट्रेलर निकै आकर्षक छ । तर के तपाईलाई थाहा छ यो फिल्मका लागि फिल्मका स्टार कास्टले कति पैसा पारिश्रमिक लिए ? त्यो हामी बताउने छौं ।

सबैभन्दा पहिले मुख्य अभिनेता अजय देवगनको कुरा गरौं, उहाँले फिल्मका लागि ठूलो रकम लिनुभएको छ । भारतीय सञ्चारमाध्यका अनुसार अजयले यो फिल्मका लागि २५ करोड भारु लिनुभएको छ ।

फिल्मको ट्रेलरमा आर माधवन निकै डरलाग्दो देखिएका छन् । अभिनेता पनि मुख्य भूमिकामा छन् । माधवनले फिल्मका लागि १० करोड पारिश्रमिक लिनुभएको बताइएको छ ।

फिल्ममा साउथ अभिनेत्री ज्योतिकाको पनि महत्वपूर्ण भूमिका छ । अभिनेत्रीले शैतानका लागि ५ करोड भारु पारिश्रमिक लिनुभएको छ । यो फिल्ममा जानकी बोडिवालाले अजय देवगनकी छोरीको भूमिका निभाउनुभएको छ । जानकीमा मात्रै कालो जादू हुन्छ । जानकीले यो फिल्मका लागि २–३ करोड भारु लिनुभएको छ ।

शैतान फिल्म कालो जादूमा बनेको हो । फिल्ममा आर माधवन तान्त्रिकको भूमिकामा हुनुहुन्छ । फिल्म थ्रिलर र हररले भरिपूर्ण छ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई निकै रुचाइएको छ । यो फिल्ममा अजय देवगन र आर माधवन पहिलो पटक स्क्रिन सेयर गर्दैहुनुहुन्छ ।

अजय र माधवनको यो फिल्म मार्च ८ मा हलमा रिलिज हुँदैछ । फ्यानहरु पनि यसको प्रतिक्षामा छन् ।

प्रतिक्रिया
सम्बन्धित