सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टिको जोडी

दैनिक नेपाल २०८० फागुन २२ गते ७:३५

काठमाडौं, २२ फागुन । फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले मुख्य पात्रको अभिनय गर्नुहुनेभएको छ ।

काठमाडौंमा सोमबार स्क्रिप्ट पूजा गर्दै फिल्मको घोषणा गरिएको हो ।

ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुने फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन रहने छ । गौचनले यसअघि टेलिफिल्म ‘उजेली’ निर्देशन गर्नुभएको थियो ।

फिल्म ‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी हुनेछ ।

फिल्म छायांकन काठमाडौं र जनकपुरमा गरिने भएको छ ।

फिल्ममा अम्बर महर्जनले छायांकन गर्दैहुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित