
काठमाडौं, २२ फागुन । मौरिससमा शिवरात्रिअघि धार्मिक कार्यक्रमका क्रममा आगलागी हुँदा ६ भक्तजनको मृत्यु भएको छ । घटनमा परी अन्य धेरै मानिस घाइते भएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
मौरिससका प्रहरी आयुक्त अनिलकुमार दीपले भन्नुभयो– ‘शिवरात्रि अघि भक्तजनहरु पैदल हिँड्दै ग्राण्ड बेसिन तालमा पुगेका थिए । यी मानिसहरू काठ र बाँसले बनेको गाडामा देवताका मूर्तिहरू बोकेर तालतिर जाँदै थिए । उक्त गाडी खुला विद्युतीय तारसँग सम्पर्कमा आएर आगलागी भएको हो ।’
ग्रान्ड बेसिन ताललाई पूर्वी अफ्रिकी देश मौरिससका हिन्दू समुदायले पवित्र स्थल मान्दछन् ।
हिन्दू धर्म अफ्रिकी देश मौरिससको सबैभन्दा ठूलो धर्म हो । सन २०२१ को जनगणना अनुसार, यहाँ लगभग ४५ प्रतिशत जनसंख्या हिन्दूको छ । यो अफ्रिकाको एक मात्र देश हो, जहाँ यति ठूलो संख्यामा हिन्दुहरू बस्छन् । विश्व स्तरमा हेर्दा हिन्दुहरुको जनसंख्याको हिसाबले भारत र नेपाल पछि मौरिससको नाम आउँछ ।








प्रतिक्रिया