
काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले माओवादीलाई अध्यक्ष र एमालेलाई उपाध्यक्ष दिने सहमति भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना कार्यकाल पुरा गरी आजबाट बिदा हुनुभएको छ ।
अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदैछ ।









प्रतिक्रिया