सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि

दैनिक नेपाल २०८० फागुन २१ गते ८:४९

काठमाडौं, २१ फागुन । भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जित्नुभएको छ । उहाँले उपाधिसँगै २५ लाख रुपैंयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाउनुभयो ।

शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी हुनुहुन्थो ।

शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र सेकेण्ड रनरअप हुनुभयो । उहाँहरुले एक ट्रफी र ५ लाख रुपैंयाँको चेक पाउनुभयो । अनन्या थर्ड रनरअप बन्दै ट्रफी र ३ लाखमा चित्त बुझाउनुभयो ।

शोको पहिलो दुई र नवौं संस्करणको निर्णायक सोनु निगम ग्राण्ड फिनालेको विशेष निर्णायक हुनुहुन्थो । रियालिटी शो ‘सुपरस्टार सिंगर’ को आगामी सिजनमा सुपर जजको रुपमा देखिन लागेकी नेहा कक्कड पनि फिनालेमा सहभागी हुनुहुन्थो ।

वैभवले सन् १९९१ मा रिलिज एक्सन ड्रामा ‘हम’मा रहेको गीत ‘जुम्मा चुम्मा’ प्यारेलाल सिम्फोनी च्यालेन्जका लागि गाउनुभएको थियो । उहाँले फिनालेको अन्तिम गीत सोनू निगमका साथ ‘जोरुका गुलाम’ गाउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित