२८ जेष्ठ २०८३, बिहिबार

कोटेश्वरमा बसले ट्राफिक प्रहरीलाई ठक्कर दियो, आईसीयूमा उपचार हुँदै

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । काठमाडौंको कोटेश्वरमा बसले ड्युटीमा रहनुभएको एकजना ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ ।

कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गर्दा प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई ठक्कर दिएको हो ।

खत्रीको अन्नपूर्ण न्यूरो अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ । प्रहरीले बस चालक नवराज गिरीलाई नियन्त्रणमा लिएको छ ।