२९ जेष्ठ २०८३, शुक्रबार

भाजपाले घोषणा गरेको १९५ उम्मेदवारमा परे एक जना मुस्लिम

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २० फागुन । भारतीय जनता पार्टीले आगामी लोकसभा चुनावका लागि १९५ उम्मेदवारहरूको पहिलो सूची जारी गरेको छ । यसमा पार्टीले केरलाको मलाप्पुरमबाट एकमात्र मुस्लिम उम्मेदवार डा. अब्दुल सलामलाई उम्मेदवार बनाउने जानकारी दिएको छ ।

डा. अब्दुल सलामले २०२१ को विधानसभा चुनावमा तिरुर विधानसभा सिटबाट चुनाव लडेका थिए । उनी यो सिटमा तेस्रो भए । दोस्रो स्थानमा रहेका स्वतन्त्र अशरफलाई पराजित गर्दै आईयूएमएलका उम्मेदवार कुरुकोली मोइदिन विजयी भए पनि भाजपाले मलाप्पुरम लोकसभा सीटबाट डा. सलामलाई उम्मेदवार बनाएको हो ।

भारतीय जनता पार्टीले पहिलो सूचीमा उत्तर प्रदेशका ८० मध्ये ५१ सिटका लागि उम्मेदवारको नाम घोषणा गरेको छ ।

योसँगै पश्चिम बंगालमा २६, मध्य प्रदेशमा २४, राजस्थानमा १५, केरलामा १२, तेलंगानामा ९, असममा ११, गुजरातमा १५, झारखण्डमा ११, दिल्लीमा ५, जम्मू र २ सिट छन् । कश्मीर, उत्तराखण्डमा ३, यसका अलावा छत्तीसगढ, गोवा, अण्डमान र दमन दीवमा १–१ सिटमा पनि नाम घोषणा गरिएको छ ।