३१ जेष्ठ २०८३, आइतबार

रौतहटबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २० फागुन । सशस्त्र प्रहरी बल नेपालले गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद गरेको छ ।

सशस्त्रले जिल्लाको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका-५, इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोली बरामद गरेको हो ।

शुक्रबार साँझ ८ बजे बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाबाट खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर चेकजाँच गर्नेक्रममा हतियार बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर अगर्वाले जनायो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय बीआर ३० एक्स ७७१३ नम्बरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा उनीहरूको साथबाट हतियार खसेको बुझिएको छ ।

ती दुवै व्यक्ति तत्कालै भारततर्फ नै फरार भएका छन् । म्यागजिनमा गोली लोड गरिएको पेस्तोल बरामद हुनुले व्यक्तिहरू नेपालतर्फ कोही कसैमाथि सिधै आक्रमण गर्न आएको हुनसक्ने सुरक्षा अधिकारीहरूले आशंका गरेका छन् ।

बरामद गरिएको हतियार आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताउनुभयो ।