५ असार २०८३, शुक्रबार

विराज भट्टको ‘१२ गाउँ’मा ‘साहो’ भिलेन कनिज

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ’को खलनायकमा कनिज कोइराला अनुबन्धित हुनुभएको छ ।

‘इन्टरनेशनल म्यानहन्ट नेपाल–२००९’ सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडलसमेत रहेका कनिजले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा दक्षिण भारतीय तेलुगू अभिनेता अधवी शेषको ‘गोडाचरी’ मा खलनायकको भूमिकामा अभिनय गरिसक्नुभएको छ ।

उहाँले अभिनेता विराजसँग भोजपुरी फिल्म ‘वध’मा मुख्य खलनायकको भूमिकामा अभिनय गर्नुभएको थियो । कनिजले यसअघि नेपाली फिल्म ‘आँधीतुफान २’मा अभिनय गरिसक्नुभएको छ ।

यसै साता यो फिल्मको नायिकामा ‘मिस नेपाल इन्टरनेशनल–२०२२’ न्यान्सी खड्का अनुबन्धित हुनुभएको थियो ।

चैतको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा विराजको अभिनयसमेत हुनेछ । यही फिल्मबाट विराज पुत्र समीर डेब्यू गर्दैहुनुहुन्छ । हाल यो फिल्म प्रि प्रोडक्सनमा छ ।

सन्तोष सरकारको कथा तथा पटकथा फिल्ममा छ । सन् २०२४ मै रिलिज हुने फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा निर्माण हुँदैछ ।