
काठमाडौं, १९ फागुन । गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको भन्दै बलत्कारीलाई फाँसी दिनुपर्ने बताउनुभएको छ ।
शनिबार फेसबुकमा लेख्दै उहाँले सामाजमा दुई प्रकारका बलात्कारी रहेको टिप्पणी गर्नुभएको हो ।
‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् ।’ उहाँले लेख्नुभएको छ, ‘१. माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् । २. जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् । यी दुवै फाँसीका लायक छन् । चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’
उहाँले चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।









प्रतिक्रिया