
काठमाडौं, १९ फागुन । माझी समुदायको महान प्रकृतिक चाड लदी पर्व तथा घाट पूजाको अवसर पारेर माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ ।
माझी चलचित्र कर्मी संघद्वारा शनिबार चलचित्र विकास बोर्डमा आयोजित साँस्कृतिक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री शुसीला सिर्पाली ठकुरीको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।
यो गीतलाई माझी समुदायको राष्ट्रिय गीतसमेत भनिएको छ ।
माझी समुदायका लेखक तथा चलचित्र निर्देशक, माझी गीत संगीत, भाषा र इतिहासका ज्ञाता मानिने सोम कुस्कुमाझीले गीत लेख्नुभएको हो । जसलाई माझी किंगले परिचित दर्जनौं माझी तथा नेपाली गीतमा स्वर र संगित दिएका गायक यमन माझीले संगीत भर्नुभएको छ ।
गीतमा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष विवशकुमार माझी, बाबुराम माझी, विसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेश माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिनुभएको छ । गीतको लक्षु प्रकाश मल्लले एरेन्ज गर्नुभएको हो भने मनोज डंगोलले ध्वनी सम्पादन गर्नुभएको हो ।








प्रतिक्रिया