१ असार २०८३, सोमबार

सेन्सर बोर्डलाई दीपकको कटाक्ष- ‘सेन्सलेस सेन्सर बोर्ड’

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्नुहुन्छ । उहाँ समसामयिक विषयमा आफ्ना धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहनुहुन्छ ।

यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म यही फागुन २५ गतेबाट रिलिज हुँदैछ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक सञ्जालमा निर्णयको विरोध सुरु भएको छ ।

यही परिप्रेक्षमा दीपकराजले फेसबुकमार्फत सेन्सर बोर्डप्रति कटाक्ष गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘कश्मीर फाइल्स ! उडता पन्जाव !! दिल्ली बिल्ली !!! खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त । यो ‘रंगेली’ चाहिँ किन सेन्सरमा परेछ ‘सेन्सलेस सेन्सर बोर्ड !!’

सेन्सर बोर्डले ‘रंगेली’ रंगेली नगरपालिकामा खिचिएकाले स्थानीय सरकारको सहमति छ या छैन भनेर आफूहरुले बुझ्न खोजेको जनाएको छ ।

छायांकन भएको थलोको सहमति पत्र ल्याएपछि मात्र सेन्सर सर्टिफिकेट दिने बोर्डले जनाएको छ ।