२३ असार २०८३, मंगलबार

सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेखनाथ, १८ फागुन । पोखराको सेती नदीमा पाँच दिनअघि माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

कास्की प्रहरीले शुक्रबार बिहान साढे ९ बजे पोखरा–१५ को पट्नेरीमा पर्ने सेती नदीमा ढुङ्गामा अड्किएको अवस्थामा रक्से भनी चिनिने मानबहादुर तामाङको शव फेला परेको हो ।

पोखरा वडा नम्बर १७ र १५ को बीचमा पर्ने सेती नदीमा फागुन १३ गते राति माछा मार्न गएका पाँच जनामध्ये दुई जना बेपत्ता भएका थिए । राति १० बजे बेपत्ता मध्ये ४० पोखरा–१ बस्ने वर्षीय मंगा तामाङको शव त्यसको भोलिपल्ट १४ गते भेटिएको थियो । सँगै बेपत्ता ४५ वर्षीय मानबहादुरको शव भने शुक्रबार प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिनुभयो ।

मानबहादुरको खोजीका लागि बिहीबार पोखरा–१६, दीपमा रहेको सेतीको ड्याम खुला गरी खोजतलास समेत गरिएको थियो।

यसबिच, २१ दिनदेखि सम्पर्कविहीन पोखरा महानगर वडा नम्बर ३० का तेजराज ओझा मृत भेटिएका छन् । सेती नदी किनार गगनगौंडामा सडेको अवस्थामा उनको शव फेला परेको हो । बिहीबार शव फेला परेपछि सोही दिन दाह संस्कारसमेत भएको छ ।