
काठमाडौं, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
रुस र युक्रेन युद्वमा रहेका नेपालीको ज्यान बचाउन माग गर्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको हो ।
‘नेपाली आमाका हजारौ राष्ट्र सपुतहरु विना कारण सीमित आर्थिक प्रलोभनमा परी रसिया र युक्रेन बीचको युद्धमा सहभागी गराइएको अन्तराष्ट्रिय जगतमै जघन्य अपराध ठानिने मानव तस्करी गरी युद्ध स्थलमा लगी सयौं घाइते र कयौंको मृत्यु भएको हुँदा यो नेपालको सार्वभौम प्रतिनिधि सभा, यस्तो जघन्य अपराधको विषयमा छलफल गर्नुपर्ने र सम्बन्धित मन्त्रालय र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने अत्यन्त आवश्यक भएको हुँदा नेपाली आमाका छोराछोरीलाई ज्यान बचाउनको लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गर्दछु,’ प्रस्तावमा भनिएको छ ।
बिना कारण नेपाली रसिया र युक्रेन बीचको युद्धमा मृत्यु हुनु परेको र युद्धमा फसेकाले तत्काल उद्वार गरिदिन पनि माग राप्रपाले माग गरेको छ ।









प्रतिक्रिया