१८ असार २०८३, बिहिबार

शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । शिखर इन्स्योरेन्सले लाभांश प्रस्तावबिना नै चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले यसअघि नै गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् । फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन ।

सभा शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।