
विराटनगर, १६ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकास सम्भव नहुने बताउनुभएको छ ।
आज सुसरीको इनरूवामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेको सरकार नबनेसम्म देश विकास हुन नसक्ने बताउनुभएको हो ।
सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप उहाँले लगाउनुभयो । सरकारले जनताको जनभावना अनुरुप काम नगर्दा आम रुपमा निरासा छाएको उहाँको भनाइ छ ।
सरकारले लोकतन्त्रको अनुभूति हुनेगरी काम गर्न नसक्दा जनतामा निरासा छाएको बताउदै उहाँले देश विकासका लागि सरकारमा इमान्दारी र सुशासन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया