६ असार २०८३, शनिबार

टिआरसी चाँडै नटुंग्याए कडा आन्दोलन गर्ने गोविन्द केसीको चेतावनी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । चिकित्साशिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले संक्रमणकालीन न्याय प्रक्रिया (टिआरसी) शीघ्र टुंगोमा पुर्‍याउन माग गर्नुभएको छ ।

डा. केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्वकालमा भएका मानवता विरोधी जघन्य अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा नपर्‍याए कडा आन्दोलन सुरु गर्ने चेतावनी दिनुभएको हो ।

आम जनतासँग जोडिएका माग तुरुन्त पूरा गर्न सुझाव दिँदै उहाँले यसअघि भएका सम्झौताहरु समेत कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

त्यस्तै भेला हुने र प्रदर्शन गर्न पाउने संविधान प्रदत्त नागरिक अधिकार तत्काल फिर्ता गर्न पनि केसीले माग गर्नुभएको छ ।