
रियाद, १६ फागुन । साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो।
सन् २०२२ को घटना पछि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो, त्यसपछि एकै दिनमा यति धेरै मानिसलाइ मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मार्च २०२२ मा मात्रै साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो। साउदी अरेबियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै साउदीको आधिकारिक प्रेस एजेन्सीले जनाए अनुसार ती सात जनालाई आतंकवादी संगठन र संस्थाहरू सिर्जना गर्ने र आतंकलाई आर्थिक सहयोग गरेकोमा दोषी पाइएपछि उहाँहरूलाई टाउको छेदन गरेर मृत्युदण्डको सजाँय दिइएको हो ।
तर, यसरी मंगलबार मृत्यदण्ड दिएकाहरुको राष्ट्रियता भने साउदी अरबले अझै खुलाएको छैन्। साउदी समाचार एजेन्सीका अनुसार उहाँहरूले आतंकवादी दृष्टिकोण अपनाए, जसले मानिसहरूलाई रक्तपात मच्चाउनका लागि उक्साउने काम गरेको थियो । यसबाहेक आतंकवादी संगठन र संस्थाहरूको स्थापना, आर्थिक सहयोग र सञ्चारले सामाजिक सुरक्षा र स्थिरतामा बाधा पुर्याउने कार्य गरे पछि उहाँहरू मृत्युदण्डका लागि लायक भएको जनाइएको छ ।
अन्तराष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार साउदी अरब संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो। सन् २०२३ मा १७० जनालाई मृत्युदण्ड दिइएको थियो भने यो वर्ष मात्रै अहिलेसम्म २९ जनालाई फाँसी दिइसकिएको छ ।









प्रतिक्रिया