३० जेष्ठ २०८३, शनिबार

रेखा थापाका निर्देशक देउजाले किन भेटे प्रधानमन्त्री ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । फागुन २५ गते प्रर्दशनको तयारीमा रहेको रेखा थापाको चलचित्र उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै चलचित्रसँग सम्बन्धित रहेर गहन छलफल भएको निर्देशक देउजाले बताउनुभएको छ ।

प्रधानमन्त्रीसँगको तस्वीर सेयर गर्दै देउजाले सामाजिक सञ्जालमा लेख्नुभएको छ- चलचित्र कर्ममा निरन्तर लागि रहनुको विशेष उपलब्धी आजको दिनलाई म विशेष दिन मान्दछु चलचित्रसँग सम्बन्धित रहेर – सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूसँग प्रधानमन्त्रीज्यूको निवास बालुबाटारमा व्यक्तिगत रुपमा विशेष छलफल गर्न पाइयो – जय नेपाली चलचित्र  ।

फागुन २५ गते प्रर्दशनमा आउने उपहारको यतिबेला प्रसार प्रचार (प्रोमोसन) व्यापक पारिएको छ । फिल्मको टेलर तथा केहि गित सार्वजनिक भइसकेको छ । ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाएको फिल्म निर्माण पक्षले जनाएको छ ।

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुनुहुन्छ । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ ।