१५ असार २०८३, सोमबार

विराजको ‘१२ गाउँ’मा न्यान्सी अनुबन्धित

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित हुनुभएको छ । न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ ।

निर्देशक विराजले न्यान्सीलाई स्क्रिप्ट सुनाएपछि उहाँ फिल्ममा काम गर्न सहमत भएको बताउनुभयो । ‘स्क्रिप्टले खोजेकै पात्र न्यान्सीमा पायौँ । उहाँलाई प्रस्ताव गरेपछि फिल्ममा काम गर्न सहमत हुनुभयो’, विराजले भन्नुभयो ।

विराटनगर घर भएकी न्यान्सी गायक सुमित खड्काकी छोरी हुनुहुन्छ । उहाँ व्यावसायिक मोडल पनि हुनुहुन्छ । न्यान्सीले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गर्नुभएको छ ।

मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय न्यान्सीले केही समय अघि जापानमा भएको ‘मिस इन्टरनेसनल‘मा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

विराजले ‘१२ गाउँ’ बाट छोरा समीर भट्टलाई पनि डेब्यू गराउँदैहुनुहुन्छ ।

आगामी चैत १५ गतेबाट छायांकनमा जाने फिल्मको हाल प्रिप्रोडक्सनको काम भइरहेको छ ।

सन्तोष सरकारको कथा तथा पटकथा रहने फिल्ममा विराज नै प्रमुख भूमिकामा देखिनुहुनेछ ।

फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्मस् प्रोडक्सनबाट निर्माण हुन लागेको हो ।