
काटमाडौं, १५ फागुन । काठमाडौं महानगरपालिकामा मेयर बालेन साह साहित्यमा पनि धेरै रूचि राख्नुहुन्छ । उहाँले बेलाबेलामा सामाजिक सञ्जालमा कविता लेखेर पोष्ट गरिरहनुहुन्छ ।
यसैबीच मंगलबार राति पनि बालेनले एउटा कविता सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । विशेषगरी बालेन बिकृती विसंगतिलाई लक्षित गर्दै कविता लेख्नुहुन्छ ।
यस्तो छ, बालेनको कविता-
जल शीतल रैछ,
पातले केहि उडाउदैन,
सुन पित्तल झै छ,
पित्तललाई हीरा सुहाउदैन !
हीरा, चिरा परेको
तर किरा पस्न पाउदैन,
किरा पस्छ कसरी ? आउदैन ।
यो सबै बुझ्छ कस्ले ?
सबै सुङ्छ कस्ले ?
थाह सबैलाई छ,
तर नाउँ छैन !








प्रतिक्रिया