
काठमाडौं, १५ फागुन । अभिनेत्री नन्दिता केसीले कार्डियोलोजिस्ट डा. अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गर्नुभएको छ । केही दिनअघि क्यानडामा उहाँहरुबीच इन्गेजमेन्ट भएको बताइएको छ ।
नन्दिताले प्रेमी अरविन्द्रले आफूलाई प्रस्ताव राखेको र आफूले हुन्छ भनेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा अरविन्द्रले औंठी लगाइदिएको तस्वीर सेयर गर्दै भन्नुभएको छ, –‘जीवनको नयाँ यात्राको सुरुवात… मैले हुन्छ भने…’

उहाँहरुको विवाह यहि फागुनको १९ गते शनिबार काठमाडौंमा हुने बताइएको छ । उहाँहरुको मागी विवाह हुन लागेको हो ।
अरविन्द्र अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्दै आउनुभएको छ भने नन्दिता पनि पछिल्लो समय अमेरिकामा बस्दै आउनुभएको छ । अहिले भने नन्दिता काठमाडौंमा हुनुहुन्छ । उहाँ विवाहको लागि एक महिना अगाडि काठमाडौं आउनुभएको बताइएको छ ।
नन्दिताले ‘इन्द्रेणी, कैफियत, बाटोमुनिको फूल, हामी तीन भाई, युगदेखि युगसम्म, निशाना, जंगबहादुरको कोट, सपना, मृगतृष्णा’ लगायतका फिल्ममा काम गर्नुभएको छ ।









प्रतिक्रिया