२६ जेष्ठ २०८३, मंगलबार

भारतमा बिनाचालक ७० किलोमिटर गुड्यो रेल

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । भारतमा एउटा मालवाहक रेल बिनाचालक ७० किलोमिटर गुडेको छ । रेल आइतबार जम्मु तथा कश्मीरको कठुआबाट पन्जाबको होशियारपुर जिल्लासम्म बिनाचालक कुदेको हो ।

समाचारसंस्था पीटीआईका अनुसार रेल बिनाचालक गुडेपछि भारतीय रेल सेवाले छानबिन गर्न आदेश दिएको छ ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा रेल तीव्र गतिमा विभिन्न स्टेशन हुँदै गुडेको देखिन्छ । रेल बिनाचालक झन्डै १०० किमि प्रतिघण्टाको गतिमा कुदेको थियो ।

भारतीय रेल सेवाका अनुसार घटनामा कोही पनि घाइते भएनन् ।

त्रिपन्नवटा डब्बा भएको रेल जम्मुबाट चिप पत्थर लिएर पन्जाबका लागि हिँडेको थियो । चालकदल फेर्न कठुआमा रोकिएको बेला अकस्मात् घटना भएको थियो ।