७ श्रावण २०८३, बिहिबार

गीतकार दुर्गानिधी कौडालको गीत ‘अजम्बरी नाता’ सार्वजनिक (भिडियो)

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । गीतकार, रचनाकार र लेखक दुर्गानिधी कौडाल (नवराज)को शब्दमा रहेको आधुनिक गीत ‘अजम्बरी नाता’ सार्वजनिक भएको छ ।

गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । कौडालको रचना रहेको गीतको म्युजिक भिडियोलाई सुवास जिसीले निर्देशन गर्नुभएको हो ।

गीतमा स्वरुपराज आचार्यको स्वर र सूर्य दयालुको संगीत रहेको छ । गजलको रेकर्डिङ राजेश ए वान स्टुडियो पुतलिसडकले गरेको हो भने यसको निर्माण दिनेश सदाशंकरले गर्नुभएको हो । गीतको छायांकन ड्रम पार्टी प्यालेस, ब्याम्बो होम-स्टे साथै अन्य ठाउँमा गरिएको छ ।

गीतको छायांकन रेशम दर्लामीले गर्नुभएको छ भने सम्पादन पवित्रा जिसीले गर्नुभएको हो । भिडियोमा सिल्पा पोख्रेल र विष्णु सदाशंकरको अभिनय रहेको छ ।

गीतको भिडियोले दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका निर्देशक सुवास जिसी बताउनुहुन्छ ।

काठमाडौंको टोखा नगरपालिका-३ घर भएका कौडालले सांगीतिक क्षेत्रमा पनि पाईला चाल्नुभएको छ । यसअघि उहाँको रचनामा आधुनिक गजल ‘भन्छन् नि दुनियाँले’, रोईला गीत ‘चलुबुले’ र लोक तथा आधुनिक गीत ‘मर्म’ बजारमा आइसकेको छ ।

यसअघिको गीतलाई दर्शक तथा श्रोताले निकै मन पराएकाले आफूलाई गीत रचना गर्ने हौसला मिलेको कौडाल बताउनुहुन्छ ।

साईप्रसमा पढाईसँगै रोजगारीलाई पनि अगाडि बढाउँदै गर्नुभएका कौडाल अहिले नेपाल आएर विभिन्न कलेजमा अंगेजी अध्यापन गराइरहनुभएको छ । उहाँ पढाई र रोजगारीबाट निस्केको समय गीत रचना, पुस्तकको लेखनीमा र विभिन्न कन्फेरेन्समा भाग लिने र आफ्नो विषयमा तालिमहरु अनलाइनबाट प्रस्तुत गर्ने गर्नुहुन्छ । कौडालले यसअघि कक्षा ८, ९ र १० को लागि अंग्रेजी निबन्ध र व्याकरण, कक्षा ११ र १२ को अंग्रेजी सहायक र विएडको अंग्रेजी पुस्तकसमेत प्रकाशन गरिसक्नुभएको छ ।

कौडालले अंग्रेजी शिक्षण तालिम र विभिन्न परामर्शदाता कम्पनीमा परामर्शदाताको रुपमा अनुभव हासिल गरिसक्नुभएको छ । कौडाल गीतकार, गजलकार, रचनाकार, लेखक साथै पत्रकारसमेत हुनुहुन्छ ।