२६ जेष्ठ २०८३, मंगलबार

प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित विपक्षी दलको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका सांसदले विभिन्न विषय उठाउँदै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बास्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित रास्वपा र राप्रपाले विरोध जनाएको थियो ।

सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गर्नुभएको थियो । सभामुखको आग्रहका बाबजुद सांसदहरू आसनबाट उभिइरहेपछि उहाँले बैठक स्थगित गर्नुभएको हो ।