१ श्रावण २०८३, शुक्रबार

यस्तो छ आज तरकारी तथा फलफूलको बजार मूल्य

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ४००, अम्बा १५० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा २०, अदुवा २२०, रातो आलु ३२ र रातो भारतिय आलु ३४ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १२० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ, हरियो फर्सी लाम्चो ४० र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्री हुँदैछ भने तोरीको साग २५, रायोको साग उता चमसूर, पालूगो, मेथी, सौफको साग ३० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ७० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४०, भिण्डी १०० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।